काठमाडौं । छिमेकी देश भारतमा पनि भारतमा कोरोना संक्रमत तीब्र रुपमा फैलँदै गएको छ । भारतमा संक्रमितको संख्या हाल सम्म १८ हजार ६ सय ५८ पुगेको छ ।
भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ५ सय ९२ जनाको मृत्यु भइसकेको छ । गएको २४ घण्टामा भारतमा संक्रमितमध्ये ३३ जनाले ज्यान गुमाएका छन् । मंगलबार एकै दिन भारतमा ९ सय २४ जना नयाँ संक्रमित थपिएका छन् ।
संक्रमितमध्ये अहिलेसम्म ३ हजार २ सय ७३ उपचारपछि ठिक भएका छन् भने १४ हजार ६ सय ७४ जना उपचारत छन्। भारत कोरोना भाइरसको त्रासपछि लकडाउनमा छ । गत मार्च २५ देखि शुरु भएको लकडाउन मे ३ सम्म जारी रहने घोषणा सरकारले गरेको छ ।
प्रतिकृया दिनुहॊस