भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५९२ पुग्यो

काठमाडौं । छिमेकी देश भारतमा पनि भारतमा कोरोना संक्रमत तीब्र रुपमा फैलँदै गएको छ । भारतमा संक्रमितको संख्या  हाल सम्म १८ हजार ६ सय ५८ पुगेको  छ ।

भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ५ सय ९२ जनाको मृत्यु भइसकेको छ । गएको २४ घण्टामा भारतमा संक्रमितमध्ये ३३ जनाले ज्यान गुमाएका छन् । मंगलबार एकै दिन भारतमा ९ सय २४ जना नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये अहिलेसम्म ३ हजार २ सय ७३ उपचारपछि ठिक भएका छन् भने १४ हजार ६ सय ७४ जना उपचारत छन्। भारत कोरोना भाइरसको त्रासपछि लकडाउनमा छ । गत मार्च २५ देखि शुरु भएको लकडाउन मे ३ सम्म जारी रहने घोषणा सरकारले गरेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुहाङले ८ हजार ८ सय मत कटाउँदा नेकपा एसका जीतबहादुरले पाए २४० मत

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा एमालेको अग्रता फराकिलो बन्दै गएको छ …

प्रतिकृया दिनुहॊस