भारतमा कोरोनाको संक्रमित १३ हजार नाग्यो

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा समेत तिब्र रुपमा फैलिरहेको छ  ।

भारतमा पछिल्लो २४ घण्टामा २६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४४८ पुगेको छ । भारतमा एकैदिन १ हजार ६० जनामा नयाँ संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १३ हजार ४ सय ९५ जना पुगेको छ ।

भारतमा संक्रमितमध्ये १ हजार ७ सय ७७  जना उपचारपछि निको भएका छन् भने  ११ हजार २ सय ७०  जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको …

प्रतिकृया दिनुहॊस