काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा ६ लाख १४ हजार २ सय ४६ जना संक्रमित भएका छन् ।
तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा २६ हजार ९ सय ४५ जना संक्रमित भएका छन् भने २४ सय ७ जनाको मृत्यु भएको छ ।
यो सगैँ कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको सख्या २६ हजार ४७ जना पुगेको छ ।
कोरोना भाइरसको संक्रमणबाट अमेरिकाका न्युवर्क तथा न्यु जर्सी राज्य सबै भन्दा बढी प्रभावित भएको छन् ।
तपाईंको प्रतिकृया




