काठमाडौं । स्थानीय वायुको प्रभावले आज देशको धेरैजसो स्थानको मौसम बदली भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानमा मेघगर्जन, हावाहुरी, चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ । स्थानीय वायुको प्रभावसँगै प्रिमनसुन सक्रिय भएकाले मौसमी गतिविधि बढेको हो ।
यस्तो छ दुई दिनको पूर्वानुमान :-
चैत्र ३० गते (आईतबार)
दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । अपरान्ह पछि पूर्वी तथा पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
रातीः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
बैशाख १ गते (सोमबार)
दिउँसोः देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहने छ । पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
रातीः देशको पश्चिमी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहने छ ।




