मेघगर्जन चट्याङसहित क्षणिक वर्षाको सम्भावना

काठमाडौं । स्थानीय वायुको प्रभावले आज देशको धेरैजसो स्थानको मौसम बदली भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानमा मेघगर्जन, हावाहुरी, चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ । स्थानीय वायुको प्रभावसँगै प्रिमनसुन सक्रिय भएकाले मौसमी गतिविधि बढेको हो ।

यस्तो छ दुई दिनको पूर्वानुमान :-

चैत्र  ३० गते (आईतबार)

दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रही  बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहने छ । अपरान्ह पछि पूर्वी तथा पश्चिमी पहाडी  भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

रातीः  देशको पहाडी  भू-भागमा आँशिक बदली  रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहने छ ।

बैशाख १ गते (सोमबार)

दिउँसोः  देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली  रही बाँकी भू-भागमा आँशिक बदली  रहने छ । पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वी पहाडी  भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

रातीः  देशको पश्चिमी भू-भागमा आँशिक देखि सामान्य बदली  रही बाँकी भू-भागमा आँशिक बदली  रहने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री