वल्ड रेमिट र अरबिटमार्फत घरबाटै ५० बढी देशमा रेमिट्यान्स पठाउन सकिने

काठमाडौं । वल्ड रेमिट र अरबिटमार्फत घरबाटै ५० बढी देशमा रेमिट्यान्स पठाउन सकिने भएको छ।

एनआइसी एशिया बैंक तथा नेपालका अन्य जुनसुकै बैंक खातामा अनलाइन रकम जम्मा गर्न सकिने भएको हो। एनआइसी एशिया बैंकले वल्ड रेमिट र अर्विट रेमिटसँग यस्तो सहकार्य गरेको हो।

कोरोनासँगको लडाईमा सरकारलाई साथ दिन बैंकले विदेशमा रहेका परिवारका आफन्तले पठाएको रकम नेपालका जुनसुकै बैंक खातामा जम्मा गर्न मिल्ने सुविधा ल्याएको बताएको छ।

विदेशबाट रकम पठाउनका लागि निम्नलिखित तरिकाहरूबाट ध्यचमि च्झष्त र इचदष्त च्झष्त मार्पmत घरमै बसी एन आई सी एशिया बैंकको खाता तथा नेपालका अन्य जुनसुकै बैंक खातामा रकम जम्मा गर्न सकिनेछः

अर्विटबाट रकम पठाउँदा नयाँ ग्राहकले पहिलो ट्रान्सफर निशुल्क रुपमा पठाउन सक्ने छन्। निशुल्क रकम पठाउन ‘एफआरइइटुएनपिआर’ प्रोमो कोड प्रयोग गनुपर्ने हुन्छ। अर्विटबाट ग्राहकले बेलायत, अष्ट्रेलिया र न्यूजिल्यान्डसहित ३ वटा देशबाट घरमै बसी रकम पठाउन सक्नेछन्।

बैंकले ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा दिदैं आएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन पावर पार्टनरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । हिमालयन पावर पार्टनरले हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम रहेको …

प्रतिकृया दिनुहॊस