संसारको सबैभन्दा महंगो गुलाब हो, जूलियट रोज । यसलाई खरिद गर्नका लागि दुनियाँका धनाड्यहरुले पनि दश पटक सोच्नुपर्छ । किनभने यसको मूल्य हो, १० मिलियन डलर ।
कित यति महंगो भयो ?
खासमा यो गुलाब एकदमै दुर्लभ मानिन्छ । यसलाई फलाउन र फूलाउन निकै मुश्किल हुन्छ । यस गुलाबको ब्रीडिंग गर्ने चर्चित फ्लोरिष्ट डेभिड अस्टिनले केहि गुलाबको संयोजन गरेर यो प्रजातिको गुलाब फूलाएका हुन् । यस दुर्लभ प्रजातिको गुलाव बनाउन उनलाई १५ बर्ष लागेको थियो । २००६ मा उनले यो गुलाब १० मिलियन पाउन्ड अर्थात एक अर्बभन्दा बढी रुपैयाँमा बेचेका थिए ।
तपाईंको प्रतिकृया




