काठमाडौं ।माछापुछ्रे बैंक लिमिटेडको विशेष साधारण सभाको निर्णय बमोजिम बैंकले आफ्नो रजिष्टर्ड (केन्द्रीय) कार्यालय गण्डकी अञ्चल, कास्की जिल्ला, पोखरा लेखनाथ महानगरपालिका (साविक पोखरा उपमहानगरपालिका) वडा नं. ९ बाट प्रदेश नं. ३, काठमाडौं जिल्ला, काठमाण्डौ महानगरपालिका, वडा नं. २, लाजिम्पाट स्थित एम.बी.एल. टावरमा यही मिति २०७४ साल फाल्गुण महिना २१ गते, सोमबारदेखि स्थानान्तरण गरेको छ ।
२०५४ सालमा पोखरामा संस्थापना भई संचालनमा रहेकोमा बैंकको केन्द्रीय कार्यालय पोखरा तथा कर्पोरेट कार्यालय काठमाडौंमा रहेको थियो ।
बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १४ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।
प्रतिकृया दिनुहॊस