कागती प्राय सबैको भान्सामा प्रयोग हुन्छ । कागतीमा भिटामिन ‘सी‘ अत्यधिक पाइने भएकाले भिटामिन ‘सी‘को कमी हुन नदिन धेरैले खानासँगै यसलाई प्रयोग गर्ने गर्छन । कागती विभिन्न रोग लागेकाहरुका लागि लाभदायक हुन्छ । तर कागती भित्रको दाना प्रयोग गर्दा भने क्यान्सर हुने संभावना अत्यधिक हुन्छ ।

उच्च रक्तचाप तथा मुटुका रोगीको लागि कागती लाभदायक हुन्छ । बिरामीले नियमित कागती पानी एवं खानामा कागती मिलाएर खाए रक्तचापमा सुधार आउछ भने मुटुलाई पनि फाइदा पुर्याउछ ।
क्यान्सरवाट बच्न नियमित रूपमा दैनिक भोजनमा केही मात्रामा कागतीको प्रयोग गरी खाँदा क्यान्सरको समस्या कम हुन्छ ।
कागती र महलाई तातोपानीमा घोलेर पिउनाले भोक कम लाग्छ । कागतीमा धेरै मात्रामा फाइबर हुन्छ । भोक र सुगरको मात्रालाई कम गर्दै पर्याप्त शक्ति प्रदान गर्छ ।
डण्डीफोर एवं अनुहारको पोतोको समस्या हुनेहरुले कागतीलाई नियमित प्रयोग गरेर लाभ लिन सक्छन् । सुत्नुअघि चिसो पानीले अनुहार सफा गरेर कागतीको रस लगाउने हो भने डण्डीफोर, यसको दाग तथा पोतो क्रमश हट्दै जान्छ ।
कागतीको प्रयोगले पाचनक्रियालाई सन्तुलित बनाउँछ । यसले पित्तअम्ल उत्पादन गर्ने हँुदा कलेजोको लागि पाचनप्रक्रियामा सहयोग गर्दछ ।
कागतीमा क्याल्सियम, म्याग्रेसियम, पोटासियम, साइट्रिक एसिड र फस्फोरस पाइने भएकाले शरीरको लागि एन्टिब्याक्टेरियल भएर काम गर्छ ।
कागतीको नियमित सेवनले मानव शरीरको प्रतिरोधी क्षमता बृद्धि हुन्छ । महसँग कागती मिलाएर सेवन गर्दा एन्टिअक्सिडेन्ट र अन्य पोषक तत्वले मौसम परिवर्तनसँग हुने संक्रमणबाट समेत जोगाउँछ ।




