बैंकहरु बन्द नहुने (सूचनसहित)

काठमाडौ । कारोना भइरसको जोखिमका कारण सरकारले अत्यावश्यक बाहेकका सेवा बन्द गरेपनि बैंकहरु बन्द नहुने नेपाल राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकले आइतबार सर्कुलर जारी गर्दै नेपाल सरकारबाट आवश्यक सेवा भन्दा अन्य सेवाहरु मात्र बन्द गर्ने निर्णय भएकाले क, ख, ग र घ बर्गका सबै बैंक तथा वित्तीय संस्थाहरु बन्द नहुने जनाएको हो।

कर्मचारीको सुरक्षको लागि आवश्यक न्यूनतम स्वास्थ्य सुरक्षका उपायहरु जस्तै मास्क, सेनिटाइजर, पञ्जा आदि अनिवार्य रुपमा अबलम्बन गर्न निर्देशन दिएको छ। त्यसैगरी सेवाग्राहीको भीडभाड नहुने सुनिश्चितताको साथ सेवा प्रवाह गर्ने तथा विद्युतिय माध्यमबाट गरिने कारोबारलाइ थप प्रोत्साहन गर्ने केन्द्रिय बैंकले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य