आजदेखि भारत र चीनका सीमा नाका बन्द, ढुवानी भने नरोकिने

काठमाण्डौ । कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण रोकथामका लागि सोमबारदेखि भारत र चीनका सीमा नाका बन्द हुने भएको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सोमबार बिहान १० बजेदेखि लागू हुनेगरी दुवै छिमेकी देशका सबै नाकाबाट हुने यात्रु आवागमन एक हप्ताका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

सीमा वारपारको ढुवानी भने नियमित हुनेछ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आइतबार राति सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

कोरोना सङ्क्रमण विरुद्ध लड्नका लागि सरकारले केन्द्रीय राहत कोषकोे स्थापना गरेको छ । कोषमा सरकारले ५० करोड रुपैयाँ राख्ने भएको छ । त्यसैगरी संघीय सरकारका मन्त्रीहरुको एक महिनाको तलब पनि कोषमा जम्मा गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दलहरुको अडान यथावत, बस्दैनबसी स्थगित भयो संसद् बैठक

काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ । यसपटक ६ जेठसम्मका लागि प्रतिनिधि …

प्रतिकृया दिनुहॊस

This will auto close after