काँग्रेस नेता शेखरले भने, ‘देश तुरुन्त लकडाउन गरियोस्’

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै डा. कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् ।

नेता शेखरले विस्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले नेपाली जनजीवन त्रसित र भयावह बनाएको बताए ।  भारतीय नाकाबाट नेपाल भित्रिएका हजारौं नेपालीहरुलाई चेकजाँचको उचित ब्यवस्था नभएको भन्दै नेता शेखरले सरकारले ती व्यक्तिहरुलाई प्रभावकारी तरिकाले चेकजाँचको प्रवन्ध गरी १४ दिन अनिवार्य सेल्फ क्वारेन्टाईनमा बस्न लगाउँनु पर्ने बताए ।

मौसमी रुघाखोकी र ज्वरोबाट संक्रमितहरुको कोरोना भाइरसको परीक्षण तुरुन्त गरिनुपर्ने उनको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपा र नेकपा एसकासहित १६ उम्मेदवारको जमानत जफत

काठमाडौं । इलाम-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत भएको …

प्रतिकृया दिनुहॊस