बुटवल । ज्योति विकास बैंकले शुक्रबारबाट इटहरी उपमहानगरपालिकामा बैंकको क्षेत्रीय र शाखा कार्यालयको औपचारिक उद्धघाटन गरेको छ।बैंकले इटहरी उपमहानगरपालिकामा आफ्नै भवनमा क्षेत्रीय कार्यालय सञ्चालनमा ल्याएको छ।
बैंकिङ्ग सेवाको पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यले बैंकले उक्त क्षेत्रमा क्षेत्रीय कार्यालय र शाखा कार्यालय सञ्चालन गरेको हो।
इटहरी उपमहानगरपालिका सुनसरीस्थित क्षेत्रीय कार्यालयको समुद्घाटन इटहरी उपमहानगरपालिकाका मेयर द्वारिक लाल चौधरी तथा ज्योति विकास बैंकका अध्यक्ष हरी चन्द्र खड्काले संयुक्त रुपमा गरे ।
तपाईंको प्रतिकृया



