तीन दिनमै राजधानीबाट बाहिरिए पाँच लाख मानिस

काठमाडौं । सरकारले आगामी १० चैतबाट लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ ।

कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण रोक्नका लागि सरकारले केही अवधिका लागि लामो लामो दूरीका यातायात बन्द गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै केही अवधिका लागि लामो दूरीका सार्वजनिक यातायातमा रोक लगाइएको बताएका छन् ।

कोरोना भाइरसको त्रासका कारण काठमाडौं उपत्यकाबाट विगतका तीन दिनमा करिब ५ लाख मानिसले काठमाडौं उपत्यका छाडेका छन् ।

कोरोना भाइरसका कारण शैक्षिक संघ संस्थाको पठनपाठन र परीक्षा स्थगित भएपछि बाहिरिनेको संख्या वृद्धि भएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले विगत तीन दिनको तुलनामा ५ लाख बढी यात्रु बाहिरिएको अनुमान गरेका छन् । राजधानी दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिपुरमा यात्रु वाहक बस दुर्घटना : एकको घटनास्थलमै मृत्यु, तीन जना घाइते

काठमाडौं । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने एक यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको …

प्रतिकृया दिनुहॊस