लकडाउन गर्ने सरकारको तयारी, प्रधानमन्त्री ओलीले जनतालाई सम्बोधन गर्दै

काठमाडौं ।  कोरोना भाइरसबाट आम जनतालाई सुरक्षित राख्‍न भन्दै सरकारले ‘लक डाउन’ घोषणा गर्नसक्ने  उच्चस्रोतले बताइएको छ ।

नोबल कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री ईश्वर  पोखरेलले यसअघि नै जतिबेला पनि लक डाउन गर्न सकिने प्रतिक्रिया दिएका थिए ।

त्यसैगरी,  साँझै ५ बजे प्रधानमन्त्री केपी ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । संबोधनका क्रममा प्रधानमन्त्रीले विशेष घोषणा पनि गर्ने तयारी गरेका छन् ।

सरकारले कोरोनाभाइरसको जोखिम न्यूनीकरण तथा रोकथामका लागि २५ जनाभन्दा धेरै एकै ठाउँमा भेला नहुन, अत्यावश्यक काममा मात्र बाहिर निस्कन आग्रह गरिसकेको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एकसाथ ४८ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले एकसाथ ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र …

प्रतिकृया दिनुहॊस