सतुङ्गलमा टिपरमा जिप ठोक्कियो, तीन जना घाइते

काठमाडौँ । सतुङ्गलमा आइतबार बिहानै टिपरमा जिप ठोक्किँदा तीन जना घाइते भएका छन् । सडक किनारमा रोकी राखेको ना५ख ६७८५ नम्बरको टिपरमा प्रदेश ३–०१–०२२ च ३५५६ नम्बरको जिप बिहान ४ बजे ठोक्किएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दुर्घटनामा घाइते हुनेमा जिप चालक धादिङको गल्छी गाउँपालिका–७ का २५ वर्षीय सरोज खड्का, जीपमा सवार मकवानपुरको पदमपोखरी नगरपालिका–८ का २१ वर्षीय रञ्जन घिमिरे र सोही ठाउँकी १८ वर्षीया रीता घिमिरे छन् । घाइतेहरुलाई उपचारको लागि सतुङ्गलस्थित ओम समाज अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कति छ प्रधानमन्त्री प्रचण्डको सम्पत्ति ?

काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । …

प्रतिकृया दिनुहॊस