माछापुच्छ्रे बैंकको कामू सीईओमा सन्तोष कोइराला

काठमाडौं । सिइअाे सुमन शर्माले  माछापुच्छ्रे बैंक छाडेपछि सन्ताेष कोइरालालाई अर्को व्यवस्था नहुँदासम्म कामु सीईओको जिम्मेवारी दिने निर्णय बैंकको संचालक समितिको बैठकले गरेको छ । कामू प्रमुख कार्यकारी अधिकृतको रुपमा सन्तोष कोइरालाले आजदेखि पदभार ग्रहण गरेका छन् ।

यसअघि कोइराला माछापुच्छ्रे बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको भूमिकामा थिए । कोइरालाले दुई दशकभन्दा बढीको बैंकिङ अनुभव लिइसकेका छन् । माछापुच्छ्रे बैंक भन्दा अगाडि कोइराला सानिमा बैंकमा कार्यरत थिए । बैंकिङ क्षेत्रमा काेइरालालाइ सक्षम र अनुभवी बैंकरका रुपमा हेरिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री