सेल्फी खिच्‍न खोज्दा नदीमा बेपत्ताको लास फेला

काठमाडौं – धनकुटा नगरपालिका-९ मूलघाटस्थित तमोर नदी ६ दिनअघि बेपत्ता भारतीय नागरिकको शव फेला परेको छ । गत शनिबार नदीमा डुबेर भारतको बिहार राज्यको पूर्णिया घर भइ विराटनगरको नोबेल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत २६ वर्षीय भिनित शर्मा बेपत्ता थिए ।

नदी किनारमा सेल्फी खिच्‍न खोज्दा चिप्लिएर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनका शव सहिदभूमि गाउँपालिका-१ गोपालपुरमा शुक्रबार मध्याह्‍न नदीमा फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी सुदर्शन कोइरालाले जानकारी दिए । बेपत्ता भएदेखि सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा मृतकका परिवारजनले खोजी तीव्र पारेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य