एसबिआई बैंक र फोन पेबीच सम्झौता, यस्ता छन् विशेषता

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड र फोन पे सर्भिस लिमिटेडबीच ‘क्यिुआर मर्चेन्ट एक्युजिसन’ सम्झौता भएको छ ।

बिहीबार नेपाल एसबिआई बैंकको केन्द्रीय कार्यालय केशरमहल बैंककातर्फबाट प्रमुख संचालन अधिकृत शुभकान्त कानूङ्गो र फोन पे पेमेन्ट सर्भिसका प्रमूख कार्यकारी अधिकृत अदवैत रत्न तुलाधरले सम्झौतामा हस्ताक्षर गरे ।

कार्यक्रममा बैंकका प्रबन्ध संचालक अनुकुल भटनागर तथा प्रमूख व्यवसाय अधिकृत, छपि राज पन्तको उपस्थिती थियो ।

बैंकबाट क्यिूआर मर्चेन्टको लागि आवेदन दिने र क्यिूआर प्राप्त गर्न सकिने बताइएको छ । साथै फोन पे नेटवर्कमा आवद्ध रहेका अन्य बैंकहरुको मोबाइल बैंकिङ प्रणाली अन्तर्गत भुक्तानी प्राप्त गर्न सकिनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री