क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोना संक्रमण

काठमाडाैँ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्र्डुकी पत्नी सोफीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

कोरोनाको आशंकामा जस्टिन पत्नी सहित सेल्फ आइसोलेसनमा बसेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले प्रधानमन्त्री पत्नी सोफीलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको जनाएका छन् ।

एक कार्यक्रममा सहभागी भएर फर्कदा हल्का ज्वरोको महशुस भएपछि कोरोनाको आशंका गरिएको थियो । अहिले प्रधानमन्त्री जस्टिन आइसोलेसनमा बसेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री