कोरोना प्रकोप : युरोपका सबै देशबाट अमेरिका प्रवेशमा रोक लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको प्रकोपविरुद्ध लड्न युरोपका सबै देशबाट अमेरिका प्रवेशमा रोक लगाउने घोषणा गरेका छन्। एक महिनाका लागि प्रवेशमा लगाइएको अस्थायी प्रतिबन्ध बेलायतलाई भने लागु हुने छैन। यात्रा प्रतिबन्ध शुक्रबारदेखि लागु हुने बीबीसीले जनाएको छ।

राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको चुनौतीविरुद्ध लड्न संघीय सरकारका सबै शक्ति परिचालन गर्न तयार रहेको जानकारी समेत दिएका छन्। उनले यस घडीलाई एकता र शक्तिको समयको रुपमा हेर्न सन्चार माध्यमलाई आग्रह समेत गरेका छन्। विश्वको साझा सत्रु कोरोनाभाइरस भएको बताउँदै ट्रम्पले यसलाई सकेसम्म चाँडो र सुरक्षित रूपमा परास्त गर्नुपर्नेमा जोड दिएका छन्।

आफ्नो लागि संयुक्त राज्यको जीवन र सुरक्षा भन्दा महत्त्वपूर्ण अरू केही नभएको उनको भनाई छ। अमेरिकामा हालसम्म कोरोनाबाट ३८ जनाको मृत्यु भइसकेको छ भने १ हजार भन्दा बढीमा संक्रमण देखिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री