काठमाण्डौ । आज देशका सबैजसो ठाउँको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्थानीय वायुको प्रभावले पूर्वी पहाडका केही ठाउँमा सामान्य बादल लाग्ने र केही ठाउँमा छिटफुट पानी पर्ने संभावना रहेपनि धेरैजसो ठाउँकाे मौसम सफा रहने महाशाखाले जनाएको छ ।
मङ्गलबारदेखि भने देशभर सामान्य बादल लागेर पहाडी क्षेत्रका केही ठाउँमा सामान्य पानी समेत पर्ने संभावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।
तपाईंको प्रतिकृया




