काठमाण्डौ । आइतबार देशका धेरैजसो ठाउँको मौसम सफा रहने मौसमविद्ले बताएका छन् ।
स्थानीय वायुको प्रभावले पश्चिम र पूर्वका केही पहाडी क्षेत्रमा दिउँसो सामान्य बादल लागेर छिटपुट पानी पर्ने संभावना रहेपनि धेरैजसो ठाउँको मौसम सफा रहने मौसमविद् वरुण पौडेलले जानकारी दिए ।
साेमबार पनि पहाडका केही ठाउँमा सामान्य बादल र फाट्टफुट्ट पानी पर्ने संभावना रहेपनि धेरैजसो ठाउँको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तपाईंको प्रतिकृया



