टिपरको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौं । विराटनगरमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।  विराटनगर घिनाघाट–विराटचोक सडक खण्डको विराटनगर- १९ मिलनचोकमा टिपरले ठक्कर दिदाँ   ४५ वर्षीय बाबुराम सरदार र ६ वर्षीया सबिता सरदारको  ज्यान गएको हो ।

विराटनगर तर्फ आउँदै गरेको को १ ख २९१७ नम्बरको टिपरले विपरीत दिशा तर्फ जाँदै गरेको प्रदेश १–००२ ह ८६०६ नम्बरको अटोलाई ठक्कर दिएको थियो ।

प्रहरीले टिपर चालक  हरेराम चौधरीलाई नियन्त्रणमा लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री