काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडल आफ्नो एघारौँ वार्षिक उत्सवको अवसर पारेर नेपालको क्रिकेट खेलमा महत्वपूर्ण योगदान पु¥याय बापत सम्मान स्वरुप नेपाली राष्ट्रिय टिमका सदस्य एंव अन्डर नाइन्टिन (U-19) टिमका कप्तान दिपेन्द सिंह ऐरीलाई १ वर्षको लाई प्रयोजन गरेको छ ।
ग्लोबल आइएमई बैंक लि. को रजिष्र्टड कार्यालय कमलादीमा आयोजित एक समारोहका विच बैंकले ऐरीलाई प्रयोजन गरेको घोषणा गरेको हो । प्रायोजन पछि बैंकले ऐरीलाई एक वर्षका लागि रु. ४,००,००० (मासिक रु. २०,००० हजार र बाँकी रकमको Sports Kits) प्रदान गर्नेछ ।
बिहिबार ग्लोबल आइएमई बैंक लिमिटेडको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंक लि. का प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बैंकले नेपालको क्रिकेट खेल र खेलाडीलाई प्रोत्साहन गर्ने उद्धेश्यले नेपाली क्रिकेट टिमका सदस्य दिपेन्द्र सिंह एरीलाई सम्मान गरेको बताए ।
साथै उनले नेपाली क्रिकेट टोलीले नामिबियामा भएको विश्व क्रिकेट लिग – डिभिजन २ मा गरेको उल्लेखनीय प्रदर्शनको प्रसंशा गर्दै आउँदो विश्वकपको लागि हुने क्वालिफायर्सका लागि शुभकामना र अग्रिम बधाई पनि व्यक्त गरे ।
समारोहमा क्रिकेट खेलाडी ऐरीले बैंकले आफुप्रति देखाएको सम्मानले आफु उत्साहित भएको र भविष्यमा अझ राम्रो खेल्नको लागि अझ बढि प्रेरणा मिलेको बताए ।




