एउटै बोकाको तौल १७० किलो !

काठमाडाैं । सामान्यतया बोका र खसीको तौल ४५/५० किलो ग्राम मात्रै हुन्छ भनिन्छ । तर, अर्घाखाँचीको सन्धीखर्क नगरपालिका ११ डिभर्नामा १७० किलोको बोका फेला परेको हाे ।

स्थानीय कृषकले तीन वर्षअघि अस्टे«लियाबाट ३ लाख रुपैयाँमा खरिद गरेर ल्याएको बोयर जातको बोकाको तौल हाल १७० किलो पुगेको छ । यो बोकाको कारण डिभर्नामा बोयर जातका बाख्रा उत्पादनसमेत बढेको छ ।

मासुजन्य उत्पादकत्व सुधार तथा बोयर वर्णशंकर उत्पादन कार्यक्रमअन्तर्गत जालकाँडा बाख्रापालन समूहका किसानले शुद्ध बोयर जातको बोका प्रयोग गरी उत्पादनमा तेब्बर वृद्धि गरेका छन् । कारोबार दैनिकबाट

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

2

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य