एउटै बोकाको तौल १७० किलो !

काठमाडाैं । सामान्यतया बोका र खसीको तौल ४५/५० किलो ग्राम मात्रै हुन्छ भनिन्छ । तर, अर्घाखाँचीको सन्धीखर्क नगरपालिका ११ डिभर्नामा १७० किलोको बोका फेला परेको हाे ।

स्थानीय कृषकले तीन वर्षअघि अस्टे«लियाबाट ३ लाख रुपैयाँमा खरिद गरेर ल्याएको बोयर जातको बोकाको तौल हाल १७० किलो पुगेको छ । यो बोकाको कारण डिभर्नामा बोयर जातका बाख्रा उत्पादनसमेत बढेको छ ।

मासुजन्य उत्पादकत्व सुधार तथा बोयर वर्णशंकर उत्पादन कार्यक्रमअन्तर्गत जालकाँडा बाख्रापालन समूहका किसानले शुद्ध बोयर जातको बोका प्रयोग गरी उत्पादनमा तेब्बर वृद्धि गरेका छन् । कारोबार दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिमान बनाएको सुनको मूल्यमा भारी गिरावट

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस