अर्घाखाँचीका किसान सुन्तला खेतीमा आकर्षित

अर्घाखाँची । पछिल्लो समय अर्घाखाँची व्यावसायिक सुन्तला खेतीको ‘पकेट’ क्षेत्रको रुपमा विकास हुँदै गएको छ । अनुकूल वातावरण रहेकाले सुन्तला खेतीमा लागेका कृषकहरुको जीवनस्तर नै माथि उठ्न थालेको हो ।

यसअघि खाद्यान्न बालीमा मात्रै जोड दिँदै आएका अर्घाखाँचीका कृषकहरु सुन्तला खेतीतर्फ आकर्षित हुन थालेका हुन् । कम मिहिनेतमै अधिक उत्पादन गर्न सकिने भएपछि सुन्तला खेती किसानहरुको रोजाइमा पर्दै गएको हो ।

जिल्लामा कुल १२ सय हेक्टरमा खेती गरिएकामा यो वर्षमात्रै १६ करोड रुपैयाँको सुन्तला उत्पादन भएको छ । जिल्लाको सबैभन्दा धेरै सुन्तला उत्पादन हुने पाणिनी गाउँपालिकाको पणेना हो । पणेनासँगै पटौटी, खिदिम, अर्घातोष, भगवती मरेङ, हंसपुरका साकिन्धारा, ढिकुरा, खाँचीकोटलाई सुन्तला खेतीको पकेट क्षेत्रको रुपमा घोषणा गरिएको छ ।

६ मुरी मकै पनि उत्पादन नहुने बारीमा अहिले सुन्तला खेती गर्दा ६ लाख रुपैयाँभन्दा बढीको आम्दानी गर्न सफल भएको पाणिनी गाउँपालिका सिम्लेका नारायणप्रसाद पौडेलको भनाइ छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री