१ हजारले बढ्यो सुनको भाउ, तोलाकाे ७५ हजार ५ सय

काठमाडाैँ । नेपाली बजारमा बुधवार सुनको मूल्य एकैदिन १ हजार रुपैयाँले वृद्धि भएको छ । मंगलवार ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बुधवार १ हजार रुपैयाँले बढेर प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवार नेपाली बजारमा तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमवार तेजावी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । बुधवार चाँदीको मूल्य पनि वृद्धि भएको छ ।

बुधवार चाँदी प्रतितोला ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवार भने चाँदी प्रतितोला ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री