घोडाले हान्दा सल्यानमा एक बालककाे ज्यान गयाे

सल्यान । सल्यानकाे वनगाड कुपिण्डे नगरपालिका १ मा घोडाले लात्तिले हिर्काउँदा एक बालकको ज्यान गएको छ ।

वनगाड कुपिण्डे नगरपालिका १ का प्रकाश बुढाका ८ वर्षिय छोरा राजु बुढाकाे ज्यान गएकाे हाे । शुक्रबार बेलुका छिमेकीको गोठमा खेल्दै गरेका राजुलाई घोडाले लात्तीले हान्दा घाईते भएका थिए ।

घाइते बालकलाई सुर्खेतको मेहलकुना लगिएकोमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री