काठमाडौं । छायांकनमा रहेको चलचित्र ‘प्रेमगीत–३’ले क्यारेक्टर पोस्टर सार्वजनिक गर्ने क्रमलाई निरन्तरता दिइरहेको छ । चलचित्रमा रहेका कलाकारको क्यारेक्टर पोस्टर निर्माण पक्षले केही समयको अन्तरालमा सार्वजनिक गर्दै आएको छ ।
यसै क्रममा निर्माण पक्षले अभिनेता सुनिल थापाको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । निकै आकर्षक देखिने पोस्टरमा सुनिल बख्खुमा छन् । हिमपातको सामना गरिरहेका उनी एउटा पोस्टरमा पदयात्रामा रहेको देखिन्छ भने अर्को पोस्टरमा ढोल बजाइरहेका छन् ।
निर्माता तथा निर्देशक सन्तोष सेनले सुनिलाई आफ्नो चलचित्रमा केही फरक र नयाँ अवतारमा देखाइने बताएका छन् । चैत २८ गते रिलिज हुने चलचित्रमा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ, अनुभव रेग्मी, सुनिल थापा, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम लगायत कलाकार छन् ।




