कोरियाको एक अस्पतालमा भीषण आगलागी, ४१ जनाको मृत्यु

कोरिया । दक्षिण कोरियाको ख्याङ्साङको मिर्याङस्थित सेजङ अस्पतालमा भीषण आगलागी हुँदा ४१ जनाको मृत्यु भएको छ भने ७० जनाभन्दा बढी घाइते भएका छन् । आगलागी अस्पतालको पहिलो तलामा रहेको आकस्मिक कक्षबाट सुरु भएको बताइएको छ ।

आगलागी शुक्रबार बिहान साढे सात बजे लागेको र दमकलको साहयताले अग्निनियन्त्रकले ३ घण्टा पछि नियन्त्रणमा लिन सफल भएको कोरियन सञ्चार माध्यमले जनाएका छन् ।

सो अस्पतालमा जटिल रोगबाट पीडित बिरामी उपचारत रहेको र आगलागीबाट भाग्न नसकेका कारण मृतक र घाइतेको संख्या बढ्न सक्ने बताइएको छ । घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझ बढ्नसक्ने अनुमान गरिएको छ ।

अस्पतालमा झण्डै २ सय बिरामी उपचारार्थ रहेको बताइएको छ। आगलागीको कारण खुल्न सकेको छैन । कोरियामा जाडो अत्यधिक बढेसँगै आगलागीका घटना पनि बढेका छन्।

अन्‍नपूर्ण पोस्ट्

बारेमा news

यॊ पनि हेर्नुहॊस

NPL को एक्सक्लुसिभ टिकटिङ पार्टनर ‘खल्ती’ले अनलाइन टिकट गर्‍यो खुल्ला

काठमाडाैं । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले क्रिकेट एसोसिएसन नेपाल (क्यान) सँग सहकार्य गर्दै पहिलो नेपाल …

प्रतिकृया दिनुहॊस