सीमा समस्या समाधान गर्ने सबैभन्दा उत्तम समय : पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षको समेत साथ पाएको सरकारलाई सीमासम्बन्धी सबै समस्या समाधान गर्न सबैभन्दा उत्तम समय भएको बताएका छन् ।

बाराको निजगढमा बुधबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले सीमा समस्या विगतदेखिकै समस्या भएपनि वर्तमानमा जस्तो स्थिर सरकार र सवै राजनीतिक शक्तिको साथ यस अघि कहिल्यै नपाएको बताए ।

“सीमाको समस्या धेरै पहिलेदेखि हो । तर, यो पटक हामी चुक्न हुँदैन । हामीले प्रधानमन्त्रीलाई भनेका छौं, तपाईंले कूटनीतिक पहल गरेर समाधान गर्नु जरुरी छ,” उनले भने, “दक्षिणतिर मात्र होइन, नेपालको उत्तरी भागमा पनि सीमा विवाद छ । आफ्नो देशको सीमा सुरक्षाका लागि हामी एक छौं । प्रधानमन्त्रीको गफ मात्रै हो कि काम पनि हो,  हामीले हेर्ने बेला आएको छ ।”

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री