कामना सेवाको लाभांश घोषणा

काठमाडौं । कामना सेवा विकास बैंकले ६.८% लाभांश दिने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ६.८% नगद लाभांश दिने निर्णय गरेको हो ।

नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । गत वर्ष कामना सेवाले ९% लाभांश दिएको थियो । जसमा ८% नगद र १.५% बोनस सेयर थियो ।

गत वर्ष पनि कामनाले ८% बोनस र १.५% बोनस सेयर वितरण गरेको थियो । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५४ करोड १ लाख रुपैयाँ रहेको छ । बैंकले यही पुँजीबाट १७ करोड २७ लाख ३३ हजार २८४ रुपैयाँ नगद वितरण गर्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री