काभ्रेको नमोबुद्धमा बृद्ध दम्पतीको हत्या

काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका ८  तल्लोहटियामा एक दम्पतीको शव फेला परेको छ। अन्दाजी ५५ वर्षीय श्यामकृष्ण श्रेष्ठ र ५० वर्षीय रुकुमाया श्रेष्ठको शव फेला परेको हो।

चियापसल संचालन गर्दै आएका दम्पतीको  हत्या गरि सिरकले छोेपेको अवस्थामा शव फेला परेको हो।  घटनास्थलमा बियरका बोतल, गाजा र सुर्तीको धुलो  भेटिएको प्रहरीले जानकारी दिएको छ।  प्रहरीले   घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री