काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका ८ तल्लोहटियामा एक दम्पतीको शव फेला परेको छ। अन्दाजी ५५ वर्षीय श्यामकृष्ण श्रेष्ठ र ५० वर्षीय रुकुमाया श्रेष्ठको शव फेला परेको हो।
चियापसल संचालन गर्दै आएका दम्पतीको हत्या गरि सिरकले छोेपेको अवस्थामा शव फेला परेको हो। घटनास्थलमा बियरका बोतल, गाजा र सुर्तीको धुलो भेटिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।
तपाईंको प्रतिकृया




