काठमाडौं । रक्तश्राव रोक्न भन्दै पाठेघर फाल्दा सुत्केरीको मृत्यु भएको छ । सुनसरीको दुहवी नगरपालिका ८ रनी गाउँकी २० वर्षीया सुत्केरी रमिला कार्कीको विराटनगरको विराट नर्सिङ होमले रक्तश्राव रोक्न भन्दै शल्यक्रिया गरी पाठेघर फालेको थियो ।
आफन्त र परिवारका सदस्यले भने चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै दोषीलाई कारबाहीको माग गरी शव बुझ्न अस्वीकार गरेका छन् ।
सामान्य अवस्थामै पहिलो सन्तानका रुपमा बिहान ८ बजे छोरा जन्माए पनि अत्याधिक रक्तश्राव भएपछि चिकित्सकले शल्यक्रिया गरेर पाठेघर फ्याक्न सुझाव दिएका थिए ।
तपाईंको प्रतिकृया




