सुत्केरीको रक्तश्राव रोक्न भन्दै पाठेघर फाल्दा मृत्यु

काठमाडौं । रक्तश्राव रोक्न भन्दै पाठेघर फाल्दा  सुत्केरीको  मृत्यु भएको  छ ।  सुनसरीको दुहवी नगरपालिका ८ रनी गाउँकी २० वर्षीया सुत्केरी रमिला कार्कीको विराटनगरको विराट नर्सिङ होमले रक्तश्राव रोक्न भन्दै  शल्यक्रिया गरी पाठेघर  फालेको थियो ।

आफन्त र परिवारका सदस्यले भने चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै दोषीलाई कारबाहीको माग गरी शव बुझ्न अस्वीकार गरेका छन् ।

सामान्य अवस्थामै पहिलो सन्तानका रुपमा बिहान ८ बजे छोरा जन्माए पनि अत्याधिक रक्तश्राव भएपछि चिकित्सकले शल्यक्रिया गरेर पाठेघर फ्याक्न सुझाव दिएका  थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री