नेपालकी बोनिता विश्वका प्रेरणादायी महिलाको सूचीमा

काठमाडौं । नेपालकी बोनिता शर्मा प्रेरणादायी शीर्ष सय महिलाको सूचीमा पर्न सफल भएकी छन् । ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन बीबीसीले हरेक वर्ष सार्वजनिक गर्ने विश्वका प्रेरणादायी महिलाको सूचीमा नेपालकी बोनिता पर्न सफल भएकी हुन् ।

बीबीसी विश्व सेवाको अनलाईन पोर्टलमा यो समाचार प्रकाशित छ । बोनिता शर्मालाई महिला सशक्तिकरण र कुपोषणको क्षेत्रमा योगदान दिएकाले विश्वका प्रेरणादायी शीर्ष सय महिलाको सूचीमा समावेश गरेको बीबीसीले जनाएको छ ।शर्मा सोसियल चेन्ज मेकर एण्ड इनोभेटर्स (सोचाइ) संस्थाकी संस्थापक हुन्।

यस संस्थाले महिला सशक्तीकरणका साथै पोषणका क्षेत्रमा काम गर्दै आइरहेको छ । उनको संस्था सोचाइले यसै वर्ष ‘लिड २०३० च्यालेन्ज’ पुरस्कार प्राप्त गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बजेटमा कांग्रेसको टिप्पणी- सुधारको चक्र तोडेर पार्टीमुखी बजेट ल्याइयो

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका सांसद प्रकारशशरण महतले जीडिपी नबढ्ने समस्याको समाधान खोज्नुको …

प्रतिकृया दिनुहॊस