विवेकशील नेपालीको अध्यक्षमा मिलन पाण्डे निर्वाचित

काठमाडौं । विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी शिव थापालाई हराउँदै पाण्डे अध्यक्ष निर्वाचित भएका हुन् ।

विवेकशीलको जनकपुरमा मंगलबारदेखि सुरू राष्ट्रिय सम्मेलन कात्तिक २ गतेसम्म चल्नेछ । अहिलेसम्म अध्यक्ष, महासचिव र नीति सचिव निर्वाचित भएको दलले जनाएको छ । महासचिवमा निर्देश सिलवाल र नीति सचिवमा सञ्जिव भट्टराई निर्वाचित भएको अध्यक्ष पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार निर्वाचनमा नो भोटको व्यवस्था पनि मिलाइएको थियो । विवेकशीलको कार्यसमिति ९९ सदस्यीय हो । सात प्रदेशबाट पाँच जनाका दरले सदस्यहरू आउँछन् । प्रदेश निर्वाचन पछि हुने उनले बताए । जनकपुर सम्मेलनबाट भने २२ सदस्यीय समिति चयन हुनेछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कीर्तिपुरमा यात्रु वाहक बस दुर्घटना : एकको घटनास्थलमै मृत्यु, तीन जना घाइते

काठमाडौं । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने एक यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको …

प्रतिकृया दिनुहॊस