देशैंका लागि तीन अर्बका स्याउ आयत हुँदै

काठमाडौं । यस वर्षको दशैंका लागि करिब तीन अर्ब रुपैयाँको स्याउ आयत हुने भएको छ। चीन र भारतबाट करिब ३ अर्बको स्याउ आयत हुने नेपाल फलफूल थोक व्यवसायी संघले जनाएको छ।  आयत हुने स्याउको ९५ प्रतिशत चीनबाट आउनेछ बाँकी भारत र नेपालको जुम्ला र मुस्ताङको स्याउ बजारमा खपत हुने संघका कोषध्यक्ष काशीराम सापकोटाले जानकारी दिए।

जुम्ला र मुस्ताङको स्याउले पछिल्लो समय नेपालका पश्चिमी क्षेत्रका बजार बुटवल, सुर्खेत, पोखरामा राम्रै स्थान पाएको सापकोटाले बताए।  दशैंका लागि चीनबाट यो वर्ष ३०० ट्रकभन्दा बढी स्याउ भित्रने छ। तातोपानी नाकाबाट पनि दशैंका लागि स्याउ भित्रन थालेको ब्यापारीहरुले बताए। भूकम्पका कारण बन्द रहेको तातोपानी नाका खुलेसँगै स्याउ भित्रने क्रम बढेको हो।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री