काठमाडौं । कृषि विकास बैंकले सर्लाही जिल्ला बरहथवा नगरपालिकामा नयाँ शाखा विस्तार गरेको छ । आधुनिक प्रविधि जडित पूर्ण वाणिज्य बैकिङ्ग शाखाको औपचारिक उद्घाटन आईतबार बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले गरेका छन् ।
बैंकको क्षेत्रीय कार्यालय जनकपुरका निर्देशक प्रमोदबाबु तिवारीको अध्यक्षतामा भएको समुदघाटन कार्यक्रममा नगरपालिकाका मेयर देवानन्द महत्तो ,उद्योगपति राजेश प्रसाद कुश्वाह, निरञ्जन दासले बैंक सफलतको शुभकामना व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौला बैंकले प्रदान गर्ने आधुनिक सेवासुविधाका बारेमा जानकारी दिए ।
प्रतिकृया दिनुहॊस