नेपाली टोपी नेपालको पहिचान, टोपी दिवस मनाइदै

काठमाडौं । राजधानीका युवाहरुले आगामी जनवरी १ मा नेपाली टोपी दिवसको तयारी गरिरहेका छन् । विगत ५ वर्ष देखि अंग्रेजी वर्षको पहिलो दिनलाई नेपाली टोपी दिवसको रुपमा मनाउँदै आएका यहाँका युवाहरुले यस वर्ष भने औपचारिक कार्यक्रम नै गरेर टोपी दिवस मनाउने तयारी गरिरहेका छन् ।

जनवरी १ मा  विशेष कार्यक्रमको आयोजना गरि नेपाली टोपी दिवसको महत्व र यसले समाजमा पार्ने सकारात्मक प्रभावका बारेमा सबैलाई जानकारी दिने उद्देश्य राखिएको छ।

यो बर्ष ‘नेपाली टोपी, नेपालको पहिचान’ भन्ने नारासहित पाँचौ नेपाली टोपी दिवसकारुपमा मनाउन लागिएको  हो । विगत केहि वर्ष देखि नेपाल राष्ट्रिय पोशाक विहिनको अवस्थामा रहेकाले यसको निरन्तरताको लागि सरकारलाई दबाब दिने उद्देश्यले नेपाली टोपी दिवसको आयोजना गर्नु परेको जागरुक युवा अभियानका अभियन्ताहरु बताउँछन् ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस