वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा बीबीएस प्रथम वर्षमा अध्ययनरत रोशन यादवमाथि छुरा प्रहार भएको छ ।वीरगञ्ज–१६ को राधेमाई घर भएका यादव छुरा प्रहारबाट गम्भीर घाइते भएका छन् । छुरा प्रहारबाट उनको छातीमा चोट लागेको छ ।
घाइते यादवलाई उपचारका लागि गण्डक अस्पताल लगिएको प्रहरीले बताएको छ ।आक्रमण कसले गर्यो भन्नेबारे अहिलेसम्म केही पनि खुलेको छैन । प्रहरीले यसबारे छानबिन भइरहेको जनाएको छ ।
तपाईंको प्रतिकृया




