सिरहा । सिरहा सदरमुकामस्थित मालपोत कार्यालयमा भएको शक्तिशालीट बम विस्फोट भएको छ ।बम विस्फोटमा परेर ३ जना घाइते भएका छन्। घाइते हुनेहरुमा सिरहा नपा –१ का पवन पासवान, सिरहा नपा –७ का राजकुमार पासवान र उनका छोरा रोषण पासवान घाइते भएका हुन्।
पवनको टाउकोमा गम्भीर चोट लागेको छ। टाउकोबाट अत्यधिक रगत बगेकाले उनकोअवस्था गम्भीर छ। घाइते तीनै जनाको उपचार जिल्ला अस्पतालमा भइरहेको छ। बम कसले विस्फोट गराएको विषयमा केही खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बम मालपोत कार्यालयको पहिलो तल्लामा भएको हो।अहिले सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन्।

तपाईंको प्रतिकृया




