विद्यार्थीमाथि छुरा प्रहार

वीरगञ्ज । वीरगञ्जको  ठाकुरराम बहुमुखी क्याम्पसमा बीबीएस प्रथम वर्षमा अध्ययनरत रोशन यादवमाथि  छुरा प्रहार भएको छ ।वीरगञ्ज–१६ को राधेमाई घर भएका यादव छुरा प्रहारबाट गम्भीर घाइते भएका छन् ।  छुरा प्रहारबाट उनको छातीमा  चोट लागेको छ ।

घाइते यादवलाई उपचारका लागि गण्डक अस्पताल लगिएको   प्रहरीले बताएको छ ।आक्रमण कसले गर्यो भन्नेबारे अहिलेसम्म केही पनि खुलेको छैन । प्रहरीले यसबारे छानबिन भइरहेको जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री