सुर्खेतमा बस दुर्घटना : तीन जनाकाे मृत्यु, २९ घाइते

सुर्खेत ।  जाजरकोटबाट नेपालगन्जको लागि छुटेको बस सुर्खेतमा दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएकाे छ । ना ४ ख ९३२७ बस भेरीगंगा नगरपालिका सुर्खेतको रत्न राजमार्गको एमाले मोडमा बिहान ३ बजे गाडी दुर्घटना भएको सुर्खेत प्रहरीले जनाएकाे छ । घटनामा २९ यात्रु घाइते भएका छन्।

दुर्घटनामा परेर घाइते भएका मध्ये २४ जनालाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमामा लगिएकाे छ। उपचारका लागि नेपालगञ्ज ल्याउँदै गर्दा बाटोमै २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ भने एक जनाको घटनास्थलमै मृत्यु भएको हो।   मृतकको सनाखत अझै भइ सकेको छैन।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पाँच ‘डमी कम्पनी’मार्फत ३० अर्बको सुन तस्करी : सीआईबी

काठमाडौं । नेपालमा पाँच वटा नक्कली कम्पनीमार्फत करिब ३२ क्वीन्टल (३२ सय किलो) अवैध सुन …

प्रतिकृया दिनुहॊस