म्यानचेस्टरका एलेक्सेस इन्टर मिलानमा अनुबन्धित हुने

लन्डन । म्यानचेस्टर युनाईटेडका फरवार्ड एलेक्सेस सान्चेज इन्टर मिलानमा अनुबन्धित हुने भएका छन् । यसै सिजन युनाइटेडबाट अर्का स्ट्राइकर रोमेलु लुकाकुलाई ८० मिलियन युरोमा अनुबन्ध गरेको इन्टरले सान्चेजलाई तत्कालका लागि लोनमा लिन लागेको हो ।

इन्टरका प्रमुख एन्टोनिया कोन्टेले आगामी सोमबार युरोपियन खेलाडी किनबेचको विन्डो अगाडी सान्चेजलाई अनुबन्ध गर्ने बताएका छन् । यो सिजनको अन्तिममा सान्चेजलाई इन्टरले औपचारिक रुपमा खरिद गर्ने जनाएको छ ।

इन्टरबाट सान्चेजले साताको चार लाख पाउण्ड पाउने अपेक्षा गरेका थिए । तर त्यो रकम इन्टरको खेलाडीलाई दिने रकमभन्दा बाहिर रहेको बताउँदै साताको एक लाख ५० हजार पाउण्डको अफर गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ब्राजिलले कोपा अमेरिकाको पहिलो खेलमै अंक बाँड्यो

काठमाडौं । उपाधि दाबेदार ब्राजिलले कोपा अमेरिका-२०२४ मा निराशाजनक सुरुवात गरेको छ । अमेरिकाको लस …

प्रतिकृया दिनुहॊस