राष्ट्र बैंक र बैंक अफ कोरियाबीच समझदारी

काठमाडौं । नेपाल राष्ट्र बैंक र बैंक अफ कोरियाबीच ‘बैंक अफ कोरिया नलेज पार्टनरसिप प्रोग्राम’ कार्यक्रम सन्चाल गर्ने समझदारी भएको छ ।

मंगलबार काठमाडौंमा भएको यससम्बन्धी समझदारीमा राष्ट्र बैंकका तर्फबाट निर्देशक गोविन्दप्रसाद नागिला र दक्षिण कोरियाको केन्द्रीय बैंक बैंक अफ कोरियाका तर्फबाट उपमहानिर्देशक जी यङ जुङले हस्ताक्षर गरे ।

यस कार्यक्रमअन्तर्गत् बैंक अफ कोरियाको टोलीले नेपालको वित्तीय समावेशीकरण, साक्षरतालगायतका विषयमा अध्ययन, अनुसन्धान गरी राष्ट्र बैंकलाई नीतिगत सुझाव दिने जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कर्जा ग्राहकलाई एनआईसी एसियाले यस्तो छुट प्रदान गर्ने

काठमाडौं । एनआईसी एसिया बैंकले २०८० चैत मसान्तसम्मको म्याद नाघेको कर्जा यही असारभित्र तिर्ने ऋणीलाई …

प्रतिकृया दिनुहॊस